Projects

Ongoing Projects

Missing Child Alert (MCA) Phase II

……………………..


Girls Protect Project

………………


Ending the Trafficking of Children into Institutions in Nepal Phase II

नेक्स्ट जेनेरेसन नेपालको सहकार्य जोखिममा रहेका बालवालिकाहरुको उद्धारमा सहयोग, आवधिक बालगृह सहयोग, परिवारको खोजतलास, लेखाजोखा एवं पुनस्र्थापना लगायतका कार्यहरु यस परियोजना (Ending the Trafficking of Children into Institutions in Nepal Phase II) अन्तरगत रहेर गर्दै आएको छ । नेपाल सरकारबाट उद्दार भई आएका बालबालिकाहरुलाई संरक्षण प्रदान गर्दै परिवार खोजतलाश, मनोविमर्श, पारिवारिक लेखाजोखा गर्दै पारिवारिक पुर्नस्थापना गर्नु, सो कार्य पश्चात निरन्तर अनुगमन गरी नीज बालबालिकाहरुले उचित पारिवारिक वातावरणमा रहेको कुराको यकिन गर्नु, बालबालिकाहरु ओसारपसार एव कुनै जोखिम परिस्थितिमा पर्न नदिनको लागि पारिवारिक एंव सामाजिक जनचेतना प्रदान गर्नु र युवा सशक्तिकरण गर्ने उद्देश्यका साथ संस्थाबाट तोकिएका सिमित युवाहरुलाई छात्रवृत्ति प्रदान गरी सवल र सक्षम नागरिक बनाउन सहयोग गर्ने यस परियोजना अन्तरगतका उद्देश्यहरु रहेका छन् ।


Earlier Projects

Action against Child Trafficking (AaCT)

सुनसरी जिल्लामा साझा सवालका लागि साझा मञ्च(कोकन)ले प्लान इन्टरनेशनलको सहकार्यमा विगत सन् २०१३ मे देखि मार्च २०१६ सम्म मानव बेचविखन तथा ओसारपसार बिरुद्धको परियोजना सञ्चालन गरेको थियो , उक्त परियोजनामा मानव बेचविखन तथा ओसारपसार बिरुद्ध सचेतना , क्षमता अभिबृद्धि तथा बेचविखनको जोखिममा रहेका बालबालिकाहरुलाई आवश्यक सहयोगका लागि सहजीकरण गर्ने मुख्य उद्देश्यका साथ परियोजना कार्यान्वयन गरिएको थियो । कार्यक्रम समुदाय र जिल्ला स्तरका सरोकारवालाहरुसंग विभिन्न पाटोमा कार्यान्वयन गरिएको थियो ।
उक्त परियोजनामा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिसंगको क्षमता अभिबृद्धि लगागत समन्वय र सहकार्यका गतिविधिहरु समेत कार्यान्वयन गरिएको थियो । त्यसै क्रममा मानव बेचविखन तथा ओसारपसार बिरुद्धको ५ वर्षे रणनीति र १ वर्षे कार्य योजना मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको नेतृत्वमा तयार भएको थियो ।  
       यसै परिवेशमा उक्त सुनसरी जिल्लाको मानव बेचविखन तथा ओसारपसार बिरुद्धको ५ वर्षे रणनिति र कार्य योजनालाई सहयोग गर्न प्लान इन्टरनेशनलसंगैको सहकार्यमा बाल बेचविखन बिरुद्धको परियोजना जुलाई २०१७ देखि सुनसरी जिल्लाको बर्जु गाउँपालिका , बराहक्षेत्र नगर पालिका र कोशी गाउँपालिका कार्यक्षेत्र रहने गरी परियोजना कार्यान्वयनमा रहेको छ । सुनसरी जिल्लाको मानव बेचविखन बिरुद्दको कार्ययोजनामा सहयोग गरी महिला तथा बालबालिका बेचविखन न्युनीकरणका लागि मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति र समुदायको क्षमता अभिबृद्धि गर्नुका साथै मानव बेचविखनको जोखिममा रहेकाहरुको सहयोगका लागि सेवाहरुको सवलीकरण गर्ने यस परियोजनाका उद्देश्यहरु रहेका छन् ।


Pahunch 

सुरक्षा र न्यायमा सिमान्तकृत तथा गरिव समुदाय बिशेष गरि महिलाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यु. के. एड. को सहयोग तथा सर्च फर कमन ग्राउन्डको सहकार्यमा विभिन्न ११ वटा जिल्लाहरुमा “पहुँच” परियोजना सञ्चालन गरिएकोमा सुनसरी जिल्लामा साझा सवालका लागि साझा मञ्च (कोकन) ले परियोजना संचालन गर्दै आएको छ ।
सुनसरी जिल्लामा समुदायका व्यक्तिहरु बिषेश गरि सिमान्तकृत समुदायहरुको सुरक्षा र न्यायको अवस्थामा सुधार ल्याउदै सबैमा पहुँच पुर्याउन यस कार्यक्रमले मद्दत गर्नेछ । यस कार्यक्रममा समुदायका युवाहरु, महिलाहरु र व्यक्तिहरु लाई प्रहरी संगै राखेर बभिन्न किसिमको कार्यक्रम गरिने र यसो गर्दा समुदाय र प्रहरी बिचको सम्बन्ध सुधार भई एक अर्का साथ र सहकार्यको अवस्था सिर्जना गर्ने हो । गरिव र सिमान्तकृत समुदायको व्यक्तिहरु विशेष गरी महिलाहरुलाई न्यायमा पहुँच अभिवृद्दि गर्ने, सुरक्षा तथा न्याय सम्बन्धि कानुनि प्राबधानहरु, बिधि तथा तौरतरिका प्रक्रियाहरुको बारेमा आम नागरिकहरुको बझाई अभिवृद्धी गर्ने, प्रहरी तथा सर्वसाधारण बिच विश्वासको वातावरण तथा आपसी जवाफदेहितामा सुधार गर्ने र आम सर्वसाधारण विशेष गरी गरीव, महिला तथा सिमान्तकृत समुदायलाई आवश्यक सुचना तथा सेवा सिविधा प्रदान गर्नका लागि प्रहरी कार्यालयको उत्तरदायित्व बढाउने यस कार्यक्रमका उद्देश्यहरु रहेका छन् ।


The Constitutional & Human Rights Awareness Program

देशले लामो अवधि सम्मको संक्रमणकाललाइ तार्किक निश्कर्शमा पुर्याउने क्रमसंगै फेरिएको राज्य व्यवस्था अनि संविधानसभामा पठाइएका जनताका प्रतिनिधीहरु मार्फत लेखिएको संविधानको जारी भएसंगै आएको परिवर्तन अनि त्यही संविधानका आधारमा सम्पन्न राज्यको पुनसंरचना र स्थानिय तहको निर्वाचनसंगै जनतामा एउटा आशा पलाएको परिवेशमा उक्त संविधानमा रहेका प्रावधानहरुका वारेमा सर्वसाधारण सम्मले बुझ्नु अति आवश्यक छ । यसै परिवेशमा संविधान र मानव अधिकारलाइ जाड्दै महिलाको न्यायमा पहुच अभिवृद्धी अनि समग्र महिला अधिकारका कुराहरुमा नव निर्वाचित जनप्रतिनिधीहरु र समुदायको समवुझाइको विकास गर्ने उद्देश्यले साझा सवालका लागि साझा मञ्च (कोकन) ले कानुनी शासन तथा मानव अधिकार संरक्षण प्रणाली सवलिकरण कार्यक्रम – यु.एन.डी.पी. ९ग्ल्म्ए(च्यीज्च्० को सहयोगमा महिलाको न्यायमा पहुच अभिवृद्धी गरी महिला अधिकार सुनिश्चितका लागि टेवा पुर्याउने उद्देश्यमा ‘संविधान तथा मानव अधिकार शिक्षा कार्यक्रम’ प्रदेश नं. १ को झापा र मोरङ जिल्लामा संचालन गरेको थियो । विशेषत उक्त कार्यक्रमले तिन क्षेत्रहरु क्रमश, मानव अधिकार शिक्षा, मनोरञ्जन मार्फत सचेतना र समन्वय तथा सहकार्यमा जोड दिदै महिला तथा सिमान्तकृत समुदायको न्यायमा पहुच अभिवृद्धी गर्ने तर्फ लक्षित कार्यक्रमले लामो समय पछि निर्वाचित जनप्रतिनिधीहरुको यस विषय प्रतिको धारणामा समवुझाइको विकास गरी स्थानिय सरकारले वनाउने निति, योजना तथा कार्यक्रमहरु र कानुनहरु महिला अधिकारमैत्री वनाउनु यस कार्यक्रमका मुख्य उद्देश्य रहेका थिए ।


Child Friendly Space

सुनसरीमा विगत श्रावण २७ र २८ गते अबिरल वर्षाका कारण आएको बाढीले लगभग १०००० घरपरिवारका लगभग ५०००० बढी मानिसहरु विस्थापित भएका थिए । बर्षा र बाढीका कारण यस जिल्लाका अधिकांश भुभाग प्रभावित भएता पनि सुनसरी खोला, केशलिया खोला र बुढी खोलाका आसपास बसोवास गर्ने बासिन्दाहरु बढी मात्रामा प्रभावित भएका थिए । बर्षासँगै सुनसरी खोला र बुढि खोला बस्तीमा प्रवेश गर्दा ईटहरी, ईनरुवा, भोक्राहा, बबिया, जल्पापुर, औरावनी, देवानगंज, नरसिंह, हरिपुर, श्रीपुर, कोशी, बर्जु गाउँपालिका, हरिनगरा, देवानगञ्ज लगायतका क्षेत्रहरुको जनजिवन असाधारण अवस्थामा पुगेको थियो । उक्त विपत्त वाट समग्र गाउन नै प्रभावित भएको भएता पनि उक्त स्थानका महिला तथा बालबालिकाहरु वढी मात्रामा प्रभावित भएका थिए । उक्त परिस्थितीमा त्यस बाढी प्रभावित क्षेत्रका मानिसहरुका अगाडी एकातर्फ वासस्थान अनि दैनिक गुजाराको समस्या थियो भने अर्को तर्फ आफ्ना बालवालिकाहरुलाइ कसरी हेरचाहा एवं संरक्षण गर्ने भन्ने प्रश्नले पिरोलिएका थिए । माथि उल्लेखित पहिलो समस्या समाधानमा प्रकृतिक प्रकोप लगतै थुप्रै संधसंस्था तथा व्यक्तिहरु लगायतले रहत सहयोग गरे तर दोस्रो समस्या जहाको त्यही थयिो । यस्तो विशम परिस्थितीमा युनिसेफ नेपालको सहयोग तथा महिला तथा बालबालिका कार्यालय सुनसरीको समनवयमा साझा सवालका लागि साझा मञ्च (कोकन) ले जिल्ला भरीमा वाढीवाट प्रभावित स्थानहरु र जोखिममा रहेका बालवालिकाहरुको नक्सांकन गरी विभिन्न तीन स्थानहरु क्रमश, इनरुवा ४ खिख्रिपटि, इटहरी १० र बर्जु गाउपालिकामा बालवचाउ, बालसंरक्ष र बालविकास समेतलाइ ध्यान दिदै बालमैत्री स्थानको स्थापना गरी ……………. बालवालिकालाइ मनोसामाजिक स्याहार लगायतका सेवा प्रदान गर्नु यस परियोजनाको मुख्य उद्देश्य रहेको थियो ।


GBV Training to Health Worker

साझा सवालका लागि साझा मञ्च(कोकन) ले सुनसरी जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई हिंसा प्रभावित महिलाहरुलाई न्यायमा सहज पहुँच पुर्याउनका लागि प्लान इन्टरनेशनलको सहकार्यमा चार दिने प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम सुनसरीमा  सात वटा सम्पन्न गरेको थियो । जसमा १०६ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । यस तालिममा नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले तयार गरेको लैगिंक विभेदमा आधारित हिंसा बिरुद्ध स्वास्थ्यकर्मीको भुमिकाको तालिम सामाग्री प्रयोग गरिएको थियो । यस तालिम सञ्चालन गर्दा नेपाल स्वास्थ्य विज्ञान तालिम प्रतिष्ठानसंगको समन्वयमा र स्रोत व्यक्ति रहेको थियो ।


Pregnant Women Group (PWG – Project)

साझा सवालका लागि साझा मञ्च कोकनले प्लान इन्टरनेशनल नेपालको सहकार्यमा गर्भवती महिला समुह कार्यक्रम -PREGNANT WOMEN’S GROUPS: AN INTEGRATED APPROACH TO REDUCE MATERNAL AND NEONATAL DEATHS IN NEPAL) मोरंग तथा सुनसरीमा सम्पन्न गरेको छ । विगतमा महिला समुह कार्यक्रम सञ्चालन भएका तथा गर्भवती महिला समुह गठन भएका मोरंगका १३ स्थानहरु कटहरी गाउँपालिकाको को भौडाहा,धनपालथान गाउँपालिकाको (कर्सिया), सुनवर्सी नगरपालिकाको (डाइनियाँ), रतुवामाइ नगरपालिकाको गोविन्दपुर, ग्रामथान गाउँपालिकाको (तेतरिया, सिद्राहा) कानेपोखरी गाउँपालिकाको बयरवन, लेटांग नगरपालिकाको जाँते, मिक्लाजुंग गाउँपालिकाको मधुमल्ला, उर्लाबारी नगरपालिकाको राजघाट, बेलबारी नगरपालिकाको डाँगिहाट, जहदा गाउँपालिकाको बुधनगर, बुढीगंगा गाउँपालिकाको शिशवनी बडहरा र बिराटनगर महानगरपालिकाको बैजनाथपुर, त्यसै गरी सुनसरी जिल्लाको आठ वटा स्थानहरु, भोक्राहा गाउँपालिका, बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, हरिनगर गाउँपालिका, बर्जु गाउँपालिकाको अमाहीबेल्हा, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका चाँदबेला तथा कोशी गाउँपालिकाको पश्चिम कुशाहामा गर्भवती महिलाको गर्भवतीको समय र पछि हुने मृत्युको दररेट घटाउने उद्देश्यले समुदाय स्तरमा सचेतिकरण तथा पैरवी मुलक कार्यक्रम हो ।


Fighting Against Child Trafficking (FACT)

…………………………………………. detail to be added


Missing Child Alert (MCA)

………………………………………… detail to be added